Comments Add Comment

गगन थापा प्रचण्ड सरकारमा मन्त्री बन्दैछन् ?

gagan thapa८ भदौ, काठमाडौं । प्रचण्ड सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन नेपाली कांग्रेसलाई निकै सकस परेको छ ।

पार्टीले पाएको १३ मन्त्रालय मध्ये उपप्रधान एवं गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखक नियुक्त भइसकेका छन् ।

बाँकी ११ मन्त्रालयमा कांग्रेसको तीन गुटलाई भागवण्डा गरिएको छ । तर, सबैले मन्त्री छान्न सकेका छैनन् ।

कृष्ण सिटौला गुटले एक मन्त्रालय पाएको छ । र, युवा नेता गगन थापाको नाम पनि चर्चामा छ । नेताहरुका अनुसार यो समूहबाट भीमसेनदास प्रधान र गगन थापा मध्ये एकलाई मन्त्री बनाउने छ ।

गगनले शहरी विकास मन्त्रालय पाए मन्त्री बन्ने संकेत दिएका छन् । तर, यसमा अर्का शर्त पनि छ ।
शेरबहादुर देउवा क्याम्पबाट अर्जुननरसिंह केसी मन्त्री बन्ने सम्भावना छ । र, उनी मन्त्री भएको अवस्थामा उनका ज्वाइँ समेत रहेका गगन मन्त्री बन्ने छैनन् ।

उनको स्थानमा भीमसेनदास प्रधान मन्त्री बन्ने छन् । सिटौला समूहका एक नेता भन्छन्, अर्जुनदाइ मन्त्री बन्नु भयो भने गगन जान अफ्ठ्यारो हुन्छ । त्यस्तो अवस्थामा भीमसेनदाइ जानुहुन्छ ।’

अर्जुननरसिंह जाने सम्भावना कति ?

कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो लटमा नै उनको नाम सिफारिस गरेका थिए । देउवाले स्वास्थ्य र रक्षा मध्ये एक मन्त्रालय लिन प्रस्ताव गरेका थिए । तर, राम्रो मन्त्रालय नपाएको भन्दै गएनन् । नेताहरुका अनुसार उनी शिक्षा मन्त्री बन्न सकारात्मक छन् । यदि शहरी विकासमा खानेपानी मन्त्रालय मिसाउने हो भने उनी त्योे मन्त्रालय लिन पनि सकारात्मक देखिएका छन् ।

शिक्षा र शहरी विकास मध्ये एकमा अर्जुननरसिंह केसी जाने सम्भावना बढी रहेकाले प्रचण्ड सरकारमा गगन मन्त्री बन्ने सम्भावना कम छ । तर, नकार्न भने सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment