Comments Add Comment

जीवन निर्वाह भत्ता बढाउन जनसेनाका घाइते अपांगको माग

Prachand-with-Disabled-Comb
९ भदौ, काठमाडौं । पूर्वजनमुक्ति सेना नेपालका घाइते, अपांग योद्धाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा घाइते, अपांग योद्धाका प्रतिनिधिहरुले आफ्ना समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । टोलीले युद्धका घाइतेहरुको अझै उचित उपचार हुन नसकेको, जीवन निर्वाह भत्ता अत्यन्तै न्यून भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचान सहितको परिचय पत्रको व्यवस्था नगरिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटमा प्रधानमन्त्रीले ‘घाइते योद्धाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने, जीवन निर्वाह भत्ता वृद्धि गर्न पहल गर्ने तथा राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्ने’ जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादी पूर्वलडाकुहरुलाई जनही दुई लाख रुपैयाँ दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment