Comments Add Comment

ऐलानी जग्गा माओवादीलाई दिने निर्णय खारेज गर्न माग

ट्रान्सपरेन्सी नेपाल भन्छ- पार्टीलाई जग्गा दिने निर्णय गलत

१२ भदौ, काठमाडौ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक जग्गा राजनीतिक दललाई दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेको छ ।

transparencyट्रान्सपरेन्सी नेपालले विज्ञप्ति निकालेर पर्सास्थित वीरगञ्ज चिनी मिलसँगैको ऐलानी जग्गा माओवादी केन्द्रलाई दिने निर्णय सच्याउन माग गरेको हो ।

ट्रान्सपरेन्सी नेपालले कुनै निश्चित राजनीतिक दललाई सार्वजनिक जमिन उपलब्ध गराउने निर्णयप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छ ।

मुलुकमा रहेका सयौँ राजनीतिक दललाई यसरी सार्वजनिक जग्गा उपलब्ध गराउने प्रचलन सुरु गर्दा परिणाम भयावह बन्ने भन्दै ट्रान्सपरेन्सी नेपालले सरकारलाई सचेत समेत गराएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष भरतबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा वीरगञ्जको जग्गा दिने निर्णय खारेज गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment