+
+

भारतीय अभिनेत्री सोनम कपुर कुपोषण विरुद्ध लड्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १३ गते ३:४०

काठमाडौ । भारतीय अभिनेत्री सोनम कपुर अब कुपोषण विरुद्ध अभियानमा सहभागी हुने भएकी छन् ।

sonam-kapoorफाइट हंगर फाउण्डेन नामक एनजिओले उनलाई सद्भावना दूत बनाएसँगै उनले कुपशोषण विरुद्ध सक्रिय हुन लागेकी हुन् । यो गैरसरकारी संस्था हाल भारतको राजस्थान, महाराष्ट्र तथा मध्य प्रदेशमा सकि्रय छ । उक्त ठाउमा विज्ञहरुको टोलीले कुपोषित बालबालिकाको उपचारका साथ यसको राकथामबारे काम गर्नेछन् ।

यस सन्दर्भमा सोनमले भनिन्, ‘कुपोषणका कारण भारतमा वर्षेर्नी एक लाख भन्दा बढी बालबालिकाको मृत्यु हुने गरेको छ । यो मेरो सोच भन्दा बाहिर छ कि यी बालबालिकालाई उचित पोषण तथा स्वच्छ पिउने पानी किन पुग्न सकिरहेको छैन ।’

उनले यस दौरान फाइट हंगरले सञ्चालन गर्दै आएका परियोजनास्थलहरुको अवलोकन गरेकी थिइन् ।

अवलोकनका क्रममा उनले थुप्रै कुपोषित बालबालिका तथा उनीहरुका आमासँग भेट गरिन् । ‘निरजा’ फिल्मकी अभिनेत्रीको आशा छ कि भारत कुपोषण रहित बन्नेछ । उनले भनिन्,’ म सबैमा आग्रह गर्न चाहन्छु कि अगाडी आउ र कुपोषणको विरुद्ध लडिरहेका मानिसहरुको सहयोग गरौ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?