Comments Add Comment

सुदूरपश्चिममा बर्षेनी हत्याका घटना बढ्दै

१३ भदौ, डोटी । सुदूरपश्चिमा हत्याका घटना बर्षेनी बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ ।

hatyaक्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको तथ्याङक अनुसार आर्थिक बर्ष २०७२/७३ मा सुदूरपश्चिममा ६२ जनाको हत्या भएको छ । यसअघिका दुई बर्षमा क्रमसः ६० र ५६ जनाको हत्या भएको थियो ।

तथ्याङ्क अनुसार गतबर्ष सवैभन्दा बढी कञ्चनपुरमा हत्या भएको छ । यस जिल्लामा पाँच महिला र १२ पुरुष गरी १७ जनाको हत्या भएको छ । यस्तै कैलालीमा १३ जना, डोटीमा ८ जना र बाजुरामा ७ जनाको हत्या भएको छ ।

यस्तै बझाङमा ५, बैतडीमा ४, अछाम र दार्चुलामा ३/३ र डडेल्धुरामा २ पुरुषको हत्या भएको छ ।

यस्तै तीन वर्षे अवधिमा ८८ जनाको हत्या गर्ने प्रयास भएको छ । उनीहरुको ज्यान मार्ने उद्योगमा मुद्धा दायर भएको छ । ज्यान लिने गरी हमला गरिएकामा २९ महिला र ५९ पुरुष रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । यस अवधिमा तीन सय १६ जनोको भबितव्यले ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment