Comments Add Comment

कोहलपुरको होटलमा युवक मृत भेटिए

१५ भदौ, नेपालगन्ज ।  बाँके कोहलपुरको एक होटलमा युवक मृत फेला परेका छन् ।

man-found-dead-at-late-congress-ministerकोहलपुरको होटल पपलाईफमा बसे कोहलपुर-११ का ३० वर्षीय विकास राई मृत अवस्थामा भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले सुर्खेतका ईश्वर थापाको नाममा कोठा बुक गरी मृतक समेत चारजना होटलमा बसेको जानकारी दिए ।

उनले उक्त कोठमा रहेका  पवन श्रेष्ठ गम्भिर  अवस्थामा भेटिएपछि  उपचारको लागि अस्पताल पठाइएको जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले अन्य दुईलाई नियन्त्रणमा लिएको जनाए ।   उनले कोठाको अवस्था शंंकास्पद रहेको जानकारी दिदै भने-‘कोठाको अवस्था शंकास्पद रहेको छ । कोठाभरी माधक पदार्थका बोतल छरपष्ट रहेको भेटिएको छ । मृतक राईको र गम्भीर घाइते रहेका पवनको शरीरमा कुनै पनि धारिलो हतियार प्रयोग भएको छैन, अनुसंधान मै छौ ।’

घाइते पवनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ साथै मृतकको शव घटना मुचुल्का गरी पोष्टमार्टमको लागि पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृतक राई कतार एयवेजका कर्मचारी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment