+
+

स्वास्थ्यमन्त्री गगन थापाद्वारा काभ्रेका अस्पतालहरुको निरिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १५ गते १३:१६

Gagan Thapa (3)

भदौ १५, काठमाण्डौं । स्वास्थ्य मन्त्री गगन थापाले आज काभ्रेका अस्पताल निरिक्षण गरेका छन् ।

उनले बनेपा घाकेचौरस्थित शिर मेमोरियल अस्पताल तथा बुडोलस्थित रेयुकाई एइको मासुनागा आखा अस्पतालको निरिक्षण गरेका हुन् । निरिक्षणका क्रममा मन्त्री थापाले अस्पतालको सेवा, सुविधा तथा व्यवस्थापनबारे जानकारी लिएका थिए ।

क्रिस्चियन मिसनले सञ्चालन गरेको अस्पताल कसरी दर्ता भएर सञ्चालित छ भनेर मन्त्री थापाले अस्पताल प्रमुख डेल एम मोले लगायतका पदाधिकारी समक्ष जिज्ञासा राखेका थिए ।

दुवै अस्पतालको निरीक्षणपछि  सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले सामुदायको सकृयतामा अस्पतालले दिइरहेको सेवाको प्रशंसा गरे । उनले सामुदायिक अस्पतालहरुसँग सहकार्य गरेर जनतामा स्वास्थ्य सेवा दिन सरकार अग्रसर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?