+
+

मधेसी मोर्चाका लागि संविधान संशोधन चुनावी नारा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १६ गते ५:५७

Morcha-meet१६ भदौ, काठमाडौं । मधेसी मोर्चाका लागि संविधान संशोधन चुनावी नारा मोर्चा संविधान संशोधन मुद्दालाई चुनावी नाराका रूपमा उपयोग गर्ने रणनीतिमा छ ।

प्रदेशको सिमाना र संविधान संशोधन दुई मुद्दालाई दरिलो चुनावी नारा बनाउने रणनीतिमा रहेको मधेसी नेताहरूले अनौपचारिक रूपमा बताउने गरेका छन् ।

त्यसै आधारमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले महोत्तरी र विराटनगर पुगेर सरकारको आयु छोट्टिइसकेको बताएको मोर्चाका एक नेताको दाबी रहेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

संविधान संशोधनका लागि सत्तारुढ दल गम्भीर नभएको आरोप लाग्न थालेको छ । संविधानको कुन–कुन धारा संशोधन गर्ने भन्ने विषयमा छलफल चलेको छैन ।

मधेसी मोर्चासहितको संघीय गठबन्धनले ५२ वटा धारा संशोधन हुनुपर्ने माग राखेको छ । कांग्रेस, माओवादी केन्द्रलगायतले कुन–कुन धारा संशोधन भन्नेमा छलफल नगरेका कारण संविधान संशोधन हुने सम्भावना कम रहेको मधेसी नेताहरू नै बताउँछन् ।

मोर्चाका एक नेताले भने, ‘संविधान संशोधन हुने सम्भावना कम छ, संशोधन विधेयक संसद्मा दर्ता मात्रै हुने सम्भावना बढी छ ।’ सद्भावनाका महासचिव मनीष सुमनले पनि संशोधन हुनेमा आशंका गरे । उनले भने, ‘मलाई पनि सजिलै संविधान संशोधन हुन्छ भन्ने विश्वास कम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?