Comments Add Comment

गजल : ईश्वर भएको भए

गला सुकाउनु थिएन बगरले जानेको भए ।

पानीमै किन बस्छ माछा प्यास लागेको भए ।

Kamal Sangharsha

टाउको टेक्यौ हामीले आफैंलाई धानेनौ,

देश अटाउँथ्यो काँधमा खुट्टा टेकेको भए !

 

रगत रोपियो देशमा रगतकै उब्जनी भयो,

सोचेनौ के बन्थ्यो देश पसिना रोपेको भए ।

 

मान्छे भएर दुख सुखमा चल्मलाइरहेछौ,

पत्थर झैं स्थिर बनिन्थ्यो ईश्वर भएको भए ।

 

अमिरको महलमा सडक छ गाडीका लागि,

के बिग्रिन्थ्यो नानीलाई आँगन राखेको भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment