+
+

तेलको चिन्ता छ ? यी हुन् काम लाग्ने इलेक्ट्रिक स्कुटर

उत्तम काप्री उत्तम काप्री
२०७३ भदौ १६ गते १३:५३

terra-a2000

१६ भदौ, काठमाडौं । काठमाडौंमा एक दिन तेलको वितरण रोकिनासाथ पेट्रोल पम्पहरुमा लामो लाइन लाग्छ । ५ लिटर तेल हाल्नका लागि युद्ध जिते जस्तै गर्नुपर्ने बाध्यतामा धेरै उपभोक्ताहरु हुन्छन् । फेरि  तेलको खर्चको चिन्ताले पनि धेरैलाई सताउँछ ।

तर, विद्युतीय सवारी चढ्नेहरुलाई यस्तो तनाव बेहोर्नुपर्दैन । त्यसैपनि पछिल्लो समयमा विद्युतीय सवारी स्कुटरतर्फ ग्राहकको आकर्षण बढ्दो छ ।

गतवर्षको नाकाबन्दीपछि नेपालमा विद्युतीय सवारीको प्रयोग बढेको छ । नेपालमा विद्युतीय सवारीको कारोबार सुरु भएको भने एकदशक पुग्न लाग्यो ।

पहिले बेवास्तामा परेको विद्युतीय स्कुटरको पछिल्लो समयमा महत्वसँगै माग बढेको छ । पेट्रोलको अभाव भएपनि कुनै चिन्ता लिन नपर्ने विद्युतीय स्कुटरले तपाईहरको यात्रा सहज बनाउन सक्छ ।

ताइलिङ विद्युतीय स्कुटर

tailing-e-escootorनेपालमा एक वर्षदेखि नेचुङ टे्रडर्स प्रालिले ताइलिङ ब्रान्डको विद्युतीय स्कुटर विक्री गर्दै आएको छ । ताइलिङका विद्युतीय स्कुटर अहिले नेपाली ग्राहको रोजाइमा पर्न थालेको छ ।

ताइलिङका विभिन्न ६ वटा विद्युतीय स्कुटर छन् । यसमध्ये थन्डर, ब्लेज, टर्टल, ल्याण्ड रोभर र रेन्जर नेपालमा बिक्री भइरहेको कम्पनीका शिवहरी आचार्य बताउँछन् ।

यो स्कुटरमा एआरएस, कोल्ड स्टिम, म्युजिक स्टिम, मोबाइल चार्ज पोइन्ट र ब्लुटुथ स्टिम लगायतका फिचर्स छन् ।

ताइलिङ-टर्टल

टर्टल १५ सय वाट पावरको स्कुटर हो । यसमा ७२ भोल्ट २० एम्पीयरको ६ वटा ब्याट्री छ । यो स्कुटरको ब्याटि्र ४ देखि ६ घण्टामा चार्ज हुन्छ ।

एक पटक चार्ज गरेपछि ६० देखि ७० किलोमिटर माइलेज दिन्छ । यो स्कुटरमा डुअल डिक्स ब्रेक छ । प्रतिघण्टा ६० किलो मिटरसम्मको स्पीड दिने स्कुटरको मूल्य १ लाख ८५ हजार रुपैयाँ छ ।

ताइलिङ-ल्याण्ड रोभर

ल्याण्ड रोभर मोडलको स्कुटरमा २००० वाट क्षमता हुन्छ । ६० भोल्टको ब्याट्री ४ देखि ६ घण्टामा चार्ज हुन्छ । एकपटक चार्ज गरेपछि ६० देखि ७० किलोमिटर माइलेज दिन्छ ।

१ लाख ६७ हजार रुपैयाँ पर्ने यो स्कुटरमा ट्युबलेस टायर, अगाडि डिक्स ब्रेक र पछाडि ड्रम ब्रेक छ ।

ताइलिङ-रेन्जर

रेन्जर मोडलको स्कुटरमा भने १५०० सय वाटको पावर हुन्छ । ३२ एम्पीयरका ६० भोल्टको ब्याट्री छ । यो चार्ज गर्न ४ देखि ६ घण्टा लाग्छ । यो प्रतिघण्टा ५५ किलोमिटरसम्म स्पीड दिने स्कुटर हो ।

एकपटक चार्ज गरेपछि रेन्जरले ९० देखि १०० किलोमिटर माइलेज दिन्छ । ट्युबलेस टायर रहेको यसमा अगाडि डिक्स र पछाडि ड्रम ब्रेक छ । रेन्जर स्कुटरको मूल्य १ लाख ६५ हजार रुपैयाँ पर्छ ।

ताइलिङ-थन्डर

यो १ हजार वाट पावर क्षमता स्कुटर हो । यसमा पाँच वटा ब्याट्री छ, जसको क्षमता ६० भोल्ट र २० एम्पीयरे छ । ब्याट्री चार्ज गर्न ४ देखि ६ घण्टा लाग्छ ।

यसले प्रतिघण्टा ५५ किलोमिटरसम्म स्पीड दिन कम्पनीले जनाएको छ । एकण्टक चार्ज गरेपछि ८० देखि ९० किलोमिटरसम्म माइलेज दिने स्कुटरको अगाडि डिक्स र पछाडि ड्रम ब्रेक छ ।

ट्युवलेस टायर रहेको यो स्कुटरको मूल्य १ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

ताइलिङ-बेलज

८ सय वटा पावरको यो स्कुटरमा १२ भोल्टका ५ वटा लीड एसिड ब्याट्री हुन्छ । ब्याट्री चार्ज गर्न ४ देखि ६ घण्टा लाग्छ । एकपटक व्याट्री चार्ज गरेपछि ५५ देखि ६० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिघण्टा ३५ देखि ४० किलोमिटरसम्म स्पीड दिने यो स्कुटरमापनि डिक्स र ड्रम ब्रेक छ । ट्युवलेस टायरयुक्त स्कुटरको मूल्य १ लाख ४५ हजार रुपैयाँ छ ।

भिमोटो विद्युतीय स्कुटर

v-mota-electricअष्ट्रेलियन ब्रान्डको भिमोटा विद्युतीय स्कुटर नेपालमा अस्ट अटोमोबाइल्सले विक्री वितरण गर्छ । कम्पनीले विगत दुई वर्षदेखि नेपालमा विद्युतीय स्कुटरको व्यापार गर्दै आएको छ ।
यसले नेपालमा एलिन, इम्याक्स भी र इम्याक्स भीएक्स नामका ३ वटा मोडलका स्कुटर बिक्री गर्दै आएको छ ।
यी स्कुटरमा कोल्ड मोड, डब्ल डिक्स र मोबाइल चार्ज पोइन्टलगायतका सुविधा रहेको कम्पनीका निर्देशक सुरेन्द्र मान्नधरले बताए ।

भिमोटो-एलिन

दुई हजारको पावर क्षमता रहेको यो मोडलको स्कुटरमा २० एम्पीयरको ६ वटा ब्याट्री छन् । प्रतिघण्टा ७० किलोमिटर स्पीड दिने यो स्कुटरमा डब्ल डिक्स ब्रेक छ ।

यसलाई चार्ज गर्न ६ देखि ८ घण्टा लाग्ने कम्पनीले जनाएको छ । यसमा एकपटक चार्ज गरेपछि ७० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । ट्युबलेस टायर रहेको यो स्कुटर १ लाख ६० हजार रुपैयाँमा किन्न पाइन्छ ।

भिमोटोको इम्याक्स-भी र इम्याक्स भीएक्स

यी दुई मोडलका स्कुटरको रहेको फिचर्स खासै फरक छैन । २ हजार वाट पावर रहेका यी स्कुटरमा ४० एम्पीयरका ६ वटा ७२ भोल्टका ब्याट्री हुन्छ ।

चार्ज गर्न ६ देखि ८ घण्टा समय लाग्छ । एकपटक चार्ज गरेपछि प्रतिकिलो मिटर ८० को स्पीडमा १ सय १० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

यी दुबै मोडलको स्कुटरमा ट्युवलेस टायर र डुअल डिक्स ब्रेक छ । इम्याक्स-भीको मूल्य २ लाख ५० हजार र इम्याक्स भीएक्स मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।

एभोन विद्युतीय स्कुटर

विगत एक वर्षदेखि क्लिन इनर्जीले नेपालले एभोन चिनियाँ विद्युतीय स्कुटर विक्री वितरण गरिरहेको छ । आफूले बिक्री गर्ने विद्युतीय स्कुटरहरमा सामान्य सुविधा मात्र रहेको विनोद ढकालका बताए । कम्पनीले अहिले दुई मोडलका स्कुटर बिक्री गरिरहेको छ ।

एभोनको इ-स्पोर्ट

यो स्कुटर ८०० वाट तथा ६० भोल्ट पावरको रहेको छ । स्कुटरमा १२ भोल्ट २० एम्पीयरका ५ वटा ब्याट्री जोडिएको छ । एक पटक चार्ज गर्न ४ देखि ६ घण्टा लाग्छ ।

यो स्कुटर एकपटकको चार्जमा ६० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । अगाडि डिक्स र पछाडि ड्रम ब्रेक रहेको स्कुटरमा ट्युवलेस टायर पनि छ । यसको मूल्य १ लाख ४५ हजार रुपैयाँ पर्छ ।

एभोन-इ-म्याजिकल

१२०० वाट तथा ७२ भोल्ट पावर रहेको स्कुटरमा १२ भोल्ट २० एम्पीयरका ६ वटा ब्याट्री छन् । एकपटक चार्ज गर्न ४ देखि ६ घण्टा लाग्छ । चार्ज फुल भएपछि ७० देखि ७५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।
डिक्स र ड्रम ब्रेक रहेको यो स्कुटरमा पनि ट्युवलेस टायर छ । यो स्कुटरको मूल्य १ लाख ५५ हजार रुपैयाँ कायम गरिएको छ ।

टेर्रा ए-२००० विद्युतीय स्कुटर

Terra-Electric-Scooterजापानी ब्राण्ड टेर्रा ए-२००० विद्युतीय स्कुटरलाई नेपालमा फेयर अटो प्रालीले विक्री गर्छ । कम्पनीले विगत तीन वर्षदेखि अहिलेसम्म ४ सय वटास्कुटर बिक्री गरिसकेको सेल्स प्रमुख समिता पाण्डे बताइन् ।

टेर्राले ५ वटा मोडलको स्कुटर बिक्री गर्ने गरेपनि अहिले भने एउटा मात्र मोडल टेर्रा ए २००० को बिक्री गरिरहेको छ । यो मोडलको स्कुटरको पावर ८०० वाट रहेको छ ।

स्कुटरमा २० एम्पीयरका ४ वटा ब्याट्री छन् । यी सबै ४८ भोल्टका हुन् । ब्याट्री पुरै चार्ज गर्न ४ घण्टा लाग्छ भने प्रतिघण्टा ५० किलोमिटरको स्पीडमा ३० किलोमिटर यात्रा गर्न सकिन्छ ।

डिक्स र ड्रम ब्रेक भएको स्कुटरमा ट्युवलेस टायर प्रयोग गरिएको छ । ८० हजार रुपैयाँमा नै यो स्कुटर किन्न पाइन्छ । यो स्कुटर भियतनाममा बनेर नेपालमा आएको हो ।

हिरो विद्युतीय स्कुटर

hero-eletric
हिरो ब्रान्डको भारतीय विद्यूतीय स्कुटर नेपालमा उपलब्ध छ । प्राइम बिजनेस प्रालिले हिरोका विद्युतीय स्कुटर विक्री गरिरहेको छ ।

नेपालमा भारतमा बनेका हिरोमा ४ मोडलका विद्युतीय स्कुटर बिक्री भइरहेको छ । कम्पनीले म्याक्सी स्कुटर १ लाख ११ हजार ५ सय रुपैयाँमा विक्री गरिरहेको छ । २५० वाट पावर भएको यो स्कुटरमा एकपटक चार्ज गरेपछि ७० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

२ सय ५० वाट पावरको अप्टिमा प्लस एकपटक चार्ज गरेपछि ७० किलो मिटर गुड्ने स्कुटर हो । यसको मूल्य १ लाख १६ हजार ५ सय रुपैयाँ छ ।

८०० वाट पावरको इ-स्प्रीन्ट एकपटक चार्ज गरेपछि ७० किलोमिटरसम्म गुड्छ । यसको मूल्य १ लाख ३४ हजार ५ सय रुपैयाँ छ ।

१ हजार वाट पावरको फोटोनमा एकपटक चार्ज गरेपछि ६० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । यो स्कुटर १ लाख ४४ हजार रुपैयाँमा आफ्नो बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?