Comments Add Comment

चीनका लागि राजदूतमा लीलामणि पौडेल सिफारिस, दीपकुमारलाई पुरानै जिम्मेवारी

ओलीले फिर्ता बोलाएका दीपकुमार पुरानै जिम्मेवारीमा

lilamani paudel and deepkumar uppdhya

१६ भदौ, काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लीलामणि पौडेलको नाम सिफारिस गरेको छ ।

भारतका लागि राजदूतमा भने केपी ओली नेतृत्वको अघिल्लो सरकारले फिर्ता बोलाएका पूर्व राजदूत दीपकुमार उपाध्यायकै नाम सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतका लागि राजदूतमा उपाध्याय र चीनका लागि राजदूतमा पौडेलको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

तत्कालीन राजदूत महेश मास्केको कार्यकाल सकिएपछि चीनमा नेपाली राजदूत थिएनन् भने भारतमा उपाध्यायलाई फिर्ता बोलाएपछि अर्को राजदूत नियुक्त गरेको थिएन । सरकार परिर्वतनमा भूमिका खेलेको लगायतको आरोप लगाएर ओली सरकारले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता राम कार्कीले भने, ‘निकट भविश्यमा प्रधानमन्त्रीको भारत भ्रमण हुँदैछ । चीन र भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । यसका लागि राजदूत हुन जरुरी भएकाले सिफारिस गरिएको हो ।’

बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी र आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद बैठकले आगामी निर्वाचनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि प्रदान गरेको सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका प्रवक्ता कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment