+
+

त्रिविमा वनस्पति विज्ञान पढ्नेलाई डाबरको फेलोशिप

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १७ गते १२:५६

dabur-feloship
१७ भदौ, काठमाडौं । डाबर नेपालले त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र विभाग अन्तरगत हिमाली क्षेत्रमा औषधिमूलक र एरोमेटिक वनस्पतिमा सोध र विद्यावारिधि गरिरहेका विद्यार्थीहरुका लागि १० लाख रुपैयाँको पूर्ण छात्रवृत्ति प्रदान गर्ने गरी फेलोशिपको स्थापना गरेको छ ।

यस अन्तरगत त्रिविले योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । डाबर इन्डियाका पूर्व अध्यक्ष स्वर्गीय अशोक चन्द बर्मनको नाममा फेलोशिपको स्थापना गरिएको हो ।

विद्यार्थीहरुले डाबरको अत्याधुनिक ग्रीन हाउसहरुको पनि प्रयोग गर्न पाउनेछन् । सोध कार्यको लागि डाबरको औषधिमूलक र एरोमेटिक वनस्पति विभागका प्रमुख डा. पंकज प्रसाद तिवारी को-सुपरभाइजर रहनेछन् ।

हालको लागि त्रिवि सँगको फेलोशिप सहकार्य ३ वर्षको हुनेछ । विगत दुई दशकदेखि बनेपास्थित आˆनो नर्सरीबाट डाबर नेपालले औषधिमूलक र एरोमेटिक वनस्पतिको उत्पादनको लागि कृषि प्रविधि र कृषकहरुलाई मुनाफा प्रदान गरिरहेको छ ।

मुस्ताङ, हुम्ला, जुम्ला, सुर्खेत, संखुवासभा लगायतका दुर्गम स्थल र वीरगंजमा पनि डाबर नेपालले अनुबन्धित खेतीबाट विभिन्न औषधिमूलक र एरोमेटिक बोटबिरुवाको उत्पादन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?