Comments Add Comment

चितुवाले लग्यो चार वर्षीया बालिका

१९ भदौ, बैतडी। जिल्लाको तल्लोस्वराडमा शनिबार साँझ चार वर्षीया बालिकालाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको छ ।

Leopard, Chituwaबैतडी उदयदेव–२ कफाडीका हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

आँगनमा रहेकी बलिकालाई आक्रमण गरी चितुवाले लगेको हो । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दुरीमा पर्छ ।

यसअघि गत भदौ ४ गते पनि तल्लोस्वराडको उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दका सात वर्षीया छोरी चञ्चलाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

तल्लोस्वराडमा चितुवाको आक्रमणवाट पाँच वर्षयता २१ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment