+
+

यी हुन् माउसुलीको सुप खाने मान्छे

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ भदौ १९ गते १०:२६

lezardविदेशी टेलिभिजनमा देखिने विभिन्न एडभेन्चर शोहरुमा मानिसहरुले सर्प, किराफट्यांग्रा तथा छेपारो लगायतका जिवहरु खाएको देख्नुभएकैै होला ।

यस्ता टेलिभिजन कार्यक्रममा देखाइएजस्तै साँच्चै उनीहरुले ती चिज खान्छन् की खान्नन् त्यो दर्शकलाई थाहा हुने कुरा भएन । तर भारतमा भने एकजना यस्ता व्यक्ति छन् जो माउसुलीकोे सुप नखाइकन बस्नै सक्दैनन् ।

भारतको मध्यप्रदेशस्थित मैना गाउँमा बस्ने कैलाश नामका व्यक्ति माउसुली खाने कुराको शौखिन व्यक्ति हुन् । जसका कारण उनलाई मानिसहरुले विषपुरुषको नामले चिन्दछन् । पछिल्लो २० वर्षदेखि उनले माउसुली पकाएर सुप खाने गरेका छन् ।

यति मात्र कहाँ हो र उनले माउसुली उमालेको पानी नै दिनहुँ पिउँछन् । सुत्नुअघि यिनले तिनवटा माउसुलीको सुप पिउँछन् । माउसुलीको सुप नपिएसम्म आफुलाई निद्रा नै नलाग्ने उनी बताउँछन् ।

अहिलेसम्म आफुले विभिन्न ६० प्रकारका जिवजन्तुको स्वाद चाखिसकेको उनको भनाई छ । अचम्मको कुरा उनलाई सर्पको विषले पनि असर गर्दैन ।

गाउँमा कसैलाई सर्पले टोक्यो भने उनले उक्त मानिसको सरीरबाट सर्पको विष चुसेर मानिसको ज्यान बचाइदिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?