Comments Add Comment

स्नोडग्रासको हृयाट्रिक, माल्टामाथि स्कटल्याण्डको शानदार जित

Snodgrass२० भदौ, काठमाडौं । रोबर्ट स्नोडग्रासको हृयाट्रिकको मदतमा स्कटल्याण्डले विश्वकप छनौटमा सुखद सुरुवात गरेको छ । उसले ९ खेलाडीमा सिमित माल्टालाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा स्कटल्याण्डले आठौं मिनेटमा स्नोडग्रासको गोलबाट अग्रता लिएको थियो । तर, ५ मिनेटमा नै माल्टाले बराबरी गोल फर्कायो ।

५३ औं मिनेटमा मार्टिनले स्कटल्याण्डलाई अग्रता दिलाए । खेलको ६० औं मिनेटमा माल्टाका कारुआनाले रातो कार्ड पाए । यसको फाइदा उठाउँदै स्कटल्याण्डले लगातार गोल गर्यो ।

६१ औं मिनेटमा स्नोडग्रासले दोस्रो गोल गरे भने ७८ औं मिनेटमा फेल्चरले गोल गरेपछि स्कटल्याण्ड ४-१ ले अगाडि रहृयो ।

खेलको ८४ औं मिनेटमा पेनाल्टी गोल गर्दै स्नोडग्रासले हृयाटि्रक पुरा गरे । अन्तिमतिर गाम्बिनले रातो कार्ड पाएपछि माल्टाले ९ खेलाडीमा खेल सकायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment