+
+

सिन्धुपाल्चोकमा वन विनाश बढ्दो

भूकम्प पीडितका नाममा काठ तस्कर सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २० गते ९:१७

tree_down२० भदौ, सिन्धुपाल्चोक । नेपालको पहिलो साक्षर जिल्ला घोषणा भएको सिन्धुपाल्चोक जिल्लाको अधिकांश वन पछिल्लो समयमा विनाश हुने क्रम बढेको छ ।

पहिलो साक्षर जिल्ला घोषणा भए पनि जिल्लाको सामुदायिक, निजी लगायतका अधिकांश वन फँडानी भने रोकिएको छैन ।

बिनाजानकारी रूख काट्ने तथा व्यापारिक हिसाबका लागि वनजङ्गल फँडानी गर्ने क्रम बढे पनि सम्बन्धित निकायले ध्यान नदिँदा यस्तो अवस्था आएको स्थानीयवासीले आरोप लगाएका छन् ।

सामुदायिक वनको अवधारणासँगै विकास भएको जिल्लाको बाँसखर्क जङ्गल अहिले नाङ्गो भएको छ । विगत केही वर्षअगाडि सामुुदायिक समितिका अध्यक्षले वन कटान गराएपछि सो वन नाङ्गो भएको हो ।

२००७ सालदेखिनै समुदायबाट वृक्षरोपण र हेरचाहा गरी विकास गरिएको बाँसखर्क सामुदायिक वन विज्ञान शिक्षाको एउटा प्रसिद्ध शिक्षालयका रुपमा रहेको थियो ।

वनका विकास र संरक्षण अभियानका अगुवा लक्ष्मण दोङको मृत्यु भएपछि र गाउँमा दलीय विवाद बढेपछि वन विनाश हुन थालेको स्थानीय समाजसेवी पासाङ दोङले बताए ।

यसरी वन विनाश हुने क्रम बढ्दै जाँदा र वन संरक्षणका अभावमा अब इतिहासमा सीमित हुने भएको दोङको अनुमान छ ।

बाँसखर्क वनसँगै जोडिएको शिखरपुर ज्यामिरे नर्सरी क्षेत्रको वनको विकासका आधारमा २०३४ सालदेखि समुदायले वन क्षेत्र विकास र संरक्षण गर्न सक्छन् भन्ने अवधारणा सुरु भएको थियो भने वन विज्ञान अध्ययन संस्थाका स्नातकका विद्यार्थीले २०५६ सालसम्म अनिवार्य रुपमा यहाँ १५ दिन अध्ययन अनुसन्धान गर्नैपर्ने त्रिविको नियम थियो ।

सो समयमा द्वन्द्वका कारण यो परम्परा हट्यो र समुदायका अघिल्लो पुस्ताका अगुवा सकिँदै गएपछि वन पनि मासिँदै गएका छन् ।

पछिल्लो समय भूकम्पले घर भत्किएपछि काठ तस्कर तथा घर निर्माण गर्ने भनेर काठ ल्याएर बेच्ने गरेको भेटिएको छ । बाँडेगाउँको सामुदायिक वनमा पनि भूकम्पपछि काठ तस्कर बढेको बाडेगाउँका स्थानीय युवा पासङ तामाङले बताए ।

इलाका वन कार्यालय नवलपुरसँग व्यक्तिगत घर निर्माणका लागि चिरानीको कागज बनाउने र फर्निचरमा लगेर काठ बिक्री गर्ने गरेको भए पनि इलाका वन कार्यालयले चिरानीपश्चात् काठको घर निर्माणमा प्रयोग भए नभएको अनुगमन नगर्दासमेत वन फँडानी बढेको तामाङले बताए ।

बाँडेगाउँकै मै रहेको ठूलोवन सामुदायीक क्षेत्रमा समिेत पछिल्लो समय अनधिकृत रुपमा रुख कटान हुदाँ बन क्षत्रे खाली बनेको छ ।

गाउँमा स्थापना भएका ठूला काष्ठ उद्योगले सामान निर्माण गरी उपत्यका लगायतका शहरी क्षेत्रमा पठाउनका लागि वन विनाशलाई तिव्रता दिएका छन् । त्यससँगै केही व्यक्तिले काष्ठ व्यपारीहरुसँगको मिलेमतोमा सामुदायीक वन विनाश गरेपनि जिल्ला वन कार्यालय वेखबर जस्तै देखिएको छ ।

पटक पटक इलाका वन कार्यालयलाई जानकारी गराउँदासमेत त्यससम्बन्धी चासो नदिएकाले इलाका वन कार्यालयसँगको केही मिलोमतो भएको हुनसक्ने स्थानीयवासीले आरोप लगाएका छन् ।

त्यस्तै विभिन्न काम देखाएर तथा वन समितिको आँखा छलेर अनधिकृत रुपमा मेलम्ची नगरपालिका–१२ शिखरपुरमा रहेको डन्डिबियो वन मासिने क्रम तीव्र छ । सम्बन्धित निकायले कडाइ नगरेको र चासो नदिएकाले समेत यस्तो अवस्था आएको स्थानीयवासी भीमप्रसाद दुलाल बताउछन् ।

सिन्धुपाल्चोक जिल्लाको क्षेत्रको नमुना सामुदायिक वन विकासमा महत्वपूर्ण योगदान अस्ट्रेलियन वन परियोजनाले दिएको थियो ।

तीसको दशकका प्रत्येक विद्यार्थीले सिन्धुपाल्चोकका खाली जमिनमा वृक्षरोपणमा पसिना बगाएका थिए । प्रायः हरेक विद्यालयले नर्सरी सञ्चालन गरेका थिए सामुदायिक वन विकासमा तत्कालीन पुस्ताले दिएको योगदान सम्झँदै अहिले वन नासिँदै गएकामा विद्यालय स्रोतव्यक्ति भक्तबहादुर खड्का चिन्ता प्रकट गर्छन् ।

बाँसखर्कको वन समितिको अध्यक्षले ८० लाख रुपैयाँमा साल, साझ, उत्तिस र सल्लोका रूख सबै काटेर बेच्दासमेत अहिलेसम्म वन कार्यालयले कुनै चासो नदिएको पासाङ दोङ बताउछन् ।

सामुदायिक वन क्षेत्र विकास भएको मेलम्ची र इन्द्रावती क्षेत्रको वन संरक्षणको दायित्व भएको वन रेक्टर कार्यालय मेलम्चीको कार्यालय २०६० सालमा माओवादीले जलाएपछि सो कार्यालय हालसम्म पनि पुनः स्थापना भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?