+
+

आज गणेश चतुर्थी, गणेश मन्दिरमा विशेष पूजा गरी मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २० गते ९:४२

२० भदौ, काठमाडौं ।  भाद्र शुक्ल चतुर्थीका दिन आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइँदैछ ।

god-Ganesha-devotee-paysशिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको छ ।

हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिन काठमाडौँको अशोकविनायक, चन्द्रविनायक, भक्तपुरको सूर्यविनायक, कमलविनायकलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लागेको छ ।

नेवार समुदायले आजको दिनलाई चथा पर्वका रुपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?