+
+

सिँचाइ आयोजनाको पुनः निर्माण

रासस रासस
२०७३ भदौ २० गते १०:४६
sichai
फाइल फोटो

२० भदौ , बाबियाचौर (म्याग्दी)। पहिरोले क्षति पुर्याएको बेनी नगरपालिका–१ स्थित तेइस साले सिँचाइ आयोजनाको पुनः निर्माण भएको छ । ५० वर्षअघि निर्माण भएको आयोजना पहिरो र नियमित मर्मत अभावका कारण जीर्ण बनेको थियो ।

सिँचाइ विकास सबडिभिजन कार्यालय म्याग्दीले ८४ लाख ९३ हजार रुपैयाँको लागतमा आयोजनाको पुनः निर्माण गरेको हो । ढोडेनीखोलामा रहेको मुहानदेखि रत्नेचौरसम्म दुई हजार २०० मिटर नयाँ पक्की नहर निर्माण गरिएको छ ।

पहिरो गएको ठाउँमा सय मिटर पाइप जडान गरिएको सिँचाइ विकास सबडिभिजन कार्यालयका प्रमुख इन्जिनियर रमेशराज शर्माले बताउनुभयो । आयोजनाको नहर, मुहान लगायतका संरचना पुनः निर्माणपछि २५० घरधुरी लाभान्वित भएका छन् ।

यस आयोजनाबाट एक हजार रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । नहरमा पर्याप्त मात्रामा पानी आउन थालेपछि पालो कुरेर सिँचाइ गर्नुपर्ने समस्याको अन्त्य भएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर रावलले बताए ।

पुरानो नहर भत्किएर चुहिने समस्याका कारण आकाशे पानी, खोल्साको भलबाढी कुर्नुपर्ने तथा पालो लगाएर सिँचाइ गर्नुपर्ने समस्या थियो । नियमित र व्यवस्थित सिँचाइ सुविधा भएपछि रत्नेचौरमा खाद्यबालीको उत्पादन वृद्धिसँगै तरकारी खेती विस्तार हुने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?