+
+

पाल्पाको भैरवनाथ मन्दिर परिसरमा ९ वटा सीसी क्यामरा जडान

 सुशिल नेपाल सुशिल नेपाल
२०७३ भदौ २० गते १४:१७

BhairavNath-Temple_Palpa२० भदौ, पाल्पा । पाल्पाको भैरवस्थान गाविसमा अवस्थित प्रसिद्ध भैरवनाथ मन्दिर परिसरका नौ स्थानमा सीसी टिभी क्यामेरा जडान गरिएको छ ।

आन्तरीक स्रोतबाट १ लाख ९० हजार रुपैयाँ खर्च गरेर सीसी क्यामेरा जडान गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर आसपासको सम्पूर्ण क्रियाकलाप निगरानी गर्न मद्दत पुग्ने विश्वासका साथ सीसी क्यामेरा जडान गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र नेपालले बताए ।

सीसी क्यामेराको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले सीसी क्यामराले मन्दिर आसपासमा हुने सम्पूर्ण क्रियाकलापलाई चुस्त र दुरुस्त राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

भैरवनाथ मन्दिरमा एसियाकै सबैभन्दा ठूलो त्रिशुल रहेको मन्दिर व्यवस्थापन समितिले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?