Comments Add Comment

राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर ल्याउने

dollor२१भदौ, काठमाडौं । डलर अभाव पुरा गर्न नेपाल राष्ट्र बैंकले एक करोड डलर ल्याउने तयारी गरेको छ ।

विभिन्न वाणिज्य बैंकले दसैंसम्म डलर ल्याउने तयारी गरिरहेकोमा निजी बैंकले विदेशबाट डलर ल्याउादा विनिमय दर फरक पर्ने भन्दै आफैं डलर ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो ।

निजी बैंकले राष्ट्र बैंक समक्ष डलर ल्याउने प्रस्ताव गरिसकेका छन् ।

बजारमा देखिएको डलर अभाव पूर्ति गर्नका लागि राष्ट्र बैंक आफैंले पहल थालेको छ । यसका लागि एक सातादेखि गृहकार्य भइरहेको छ ।

बजार व्यवस्थित गर्न फरक विनिमय दर हुन नदिन र बजारमा एकरुपता ल्याउन राष्ट्र बैंक आफैंले सिंगापुरको सीआइएमबी बैंकमा रहेको मौज्दातमध्ये एक करोड डलर कार्गो गरेर ल्याउन् प्रक्रिया थालेको हो ।

डलरको खोजीमा भौतारिदा पनि उपभोक्ता रित्तै हात फर्किनु परेपछि स्टान्र्डर्ड चार्टर्ड बैंक नेपालको नेतृत्वमा नविल बैंक, इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले सिंगापरबाट कार्गौ गरेर डलर ल्याउने आन्तरिक तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment