Comments Add Comment

दाल, चामलको मूल्य ५० प्रतिशत घटाउन विप्लव माओवादीको माग

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने- सहुलियत दिन सरकार क्रियाशील छ

Dharmendra Bastola
धर्मेन्द्र बास्तोला । फाइल तस्वीर

२१ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले दाल, चामल लगायतका दैनिक उपभोग्य बस्तुमा ५० प्रतिशत मूल्य घटाउन माग गर्दै मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई १० बुँदे ज्ञापनपत्र बुझाउन विप्लव माओवादीका नेताहरु सन्तोष बुढामगर, धर्मेन्द्र बास्तोला लगायत प्रधानमन्त्री कार्यालय गएका थिए ।

ज्ञापनपत्रमा दाल, चामल, तेल, चिनी, पिठो, दूध, तरकारी, फलफुल, मासु र मसलाको मूल्यमा ५० प्रतिशत सहुलियत दिन माग गरिएको छ ।

यसैगरी किसानका सबै उत्पादन राज्यले खरिद गरी सिधै उपभोक्तासम्म पुर्‍याउने व्यवस्था गर्न, युवाहरुलाई रोजगारीको व्यवस्था गर्न, माथिल्लो कर्णाली र अरुण तेस्रोको पीडीए खारेज गर्न पनि माग गरिएको छ ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले उनले आम जनताका माग समावेश ज्ञापनपत्रले आफूलाई काम गर्न सहयोग पुग्ने भन्दै माओवादीका नेताहरुलाई धन्यवाद दिए ।

महंगी र कालोबजारीबाट उपभोक्तालाई छुटकारा दिलाउन र सहुलियत दिन सरकार क्रियाशील रहेको भन्दै उनले त्यसका लागि आफूले बजार अनुमगन सुरु गराएको बताए । अनुगमनको सकारात्मक असर देखिएको पनि उनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment