Comments Add Comment

मैनबत्तीको उज्यालोमा प्रसुती गराउनुपर्ने बाध्यता हट्यो

२३ भदौ, कञ्चनपुर, । विद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा प्रसूति गराउन पुग्ने आमाले मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको समाचार प्रकाशित पछि उज्यालोका लागि इन्भर्टरको व्यवस्था गरिएको छ ।

दुई साताअघि यस सम्बन्धी समाचार प्रकाशित भएपछि झलारी पिपलाडी नगरपालिकाले ३५ हजारको सहयोगमा बर्थिङ सेन्टरमा इन्भर्टर जडान गरेको हो । जीर्ण विद्युत वाइरिङमा समेत सुधार गरी विद्युतको भरपर्दो व्यवस्था गर्ने कार्य सुरु गरिएको स्वास्थ्य चौकीका प्रमुख हरि नाथले बताए । 

विद्युत जडानको कार्य राम्ररी नगरिँदा र विद्युतको वैकल्पिक व्यवस्था नहुँदा प्रसूतिका लागि पुग्ने आमाले मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको थियो ।

स्वास्थ्य चौकीमा दैनिक तीनदेखि चारजनासम्म महिला सुत्केरीका लागि पुग्ने गरेका छन् । स्वास्थ्य चौकीको प्रसूति गृहमा गत वर्ष मात्रै २७९ आमाले सुत्केरी सेवा लिएका थिए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment