+
+

विराटनगरका ९० वर्ष पूरा भएका जेष्ठ नागरिकले थप एक हजार पाउने

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २३ गते १६:४५

२३ भदौ, विराटनगर । विराटनगर उपमहानगरपालिकाले ९० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकहरुको सम्मानका लागि मासिक एक हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

Biratnagar-Sub-Metropoliton-Officeसरकारले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तावाफत् दिँदै आएको दुई हजार रुपैयाँबाहेक थप एक हजार रुपैयाँ उपलब्ध गराउने विराटनगर उपमहानगरपालिका पहिलो सरकारी कार्यालय हो ।

विराटनगर उपमहानगरपालिकाभित्र बसोबास गर्ने ९० वर्ष उमेर पूरा भएका हरेक नागरिकलाई अभिभावक सम्मान कार्यक्रमस्वरुप मासिक थप एक हजार रुपैयाँ उपलब्ध गराइने कार्यकारी अधिकृत गोपाल रेग्मीले जानकारी दिए ।

‘राज्यले जेष्ठ नागरिकको सम्मानका लागि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । यसको अलावा उपमहानगरपालिकाले स्थानीय स्रोतबाट थप एक हजार रुपैयाँ प्रदान गर्ने छ,’ कार्यकारी अधिकृत रेग्मीले भने ।

उपमहानगरपालिका कार्यालयका अनुसार हाल विराटनगरमा बसोबास गर्दै आएका ९० वर्ष उमेर पूरा भएकाहरु एक सयको हाराहारीमा रहेको अनुमान छ ।

विराटनगरमा बसोबास गर्दै आएको जेष्ठ नागरिक ९० वर्ष पूरा भएको एक महिनापछि यो सुविधा लिनसक्ने विराटनगर उपमहानगरपालिकाको कार्यालय जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?