Comments Add Comment

कृषि विश्वविद्यालयको समस्या समाधान गर्न ऐन संशोधनः मन्त्री पौडेल

'शिक्षा क्षेत्रको विकृति रोक्न राजनीतिक नियुक्ति बन्देज गर्नुपर्छ'

२४ भदौ, चितवन । शिक्षामन्त्री धनिराम पौडेलले कृषि विश्वविद्यालय जन्मिँदा नै समस्या रहेकाले यसको समाधान अब नयाँ ढंगले गर्नुपर्ने बताएका छन् । उनले शिक्षा ऐन संशोधन गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

DR-Paudel‘कृषि विश्वविद्यालय जन्मिँदा नै समस्या थियो,’ प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘अब यसको विवादको हल शिक्षा ऐन परिमार्जन गरेरमात्रै हुन्छ ।’

दुई अर्थ लाग्ने हालको नीतिका कारण धेरै समस्या सिर्जना भएको र शिक्षा क्षेत्र माथि उठ्न नसकेको उनको तर्क थियो ।

‘शिक्षा क्षेत्रका विकृति अन्त्य गर्ने एकमात्र उपाय भनेको ऐन परिवर्तन नै हो,’ उनले भने ।

मन्त्री पौडेलले शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्न राजनीतिक नियुक्तिलाई पूर्णरुपमा बन्देज गर्नुपर्ने धारणासमेत राखे ।

पत्रकारको जिज्ञासामा मन्त्री पौडेलले चितवनको शक्तिखोरमा देशकै नमूना प्राविधिक शिक्षालय सञ्चालनको कामले तिव्रता पाइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment