Comments Add Comment

आईओएम डिनलाई डा. केसीको पत्रः नेसनललाई सम्बन्धन दिन पाइँदैन

'सम्झौता तोड्ने प्रयास नगर्नू'

Dr.-Govinda-KC

२४ भदौ, काठमाडौं । नेसनल मेडिकल कलेजलाई सम्वन्धन दिन लागेको भन्दै डा. गोविन्द केसीले विरोध गरेका छन् । डा. केसीले चिकित्साशास्त्र अध्ययन संस्थान -आईओएम)का डिनलाई चिठ्ठी लेखेर आफूसँग भएको सम्झौता स्मरण गराएका छन् ।

त्रिभुवन विश्व विद्यालयका उपकुलपति तीर्थ खनियाँले विवादित प्रक्रिया ब्यूँताएर नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन दबाब दिएको समाचार प्रकाशित भएको थियो । र, त्यसबारे छलफल गर्न चिकित्साशास्त्र अध्ययन संस्थानले २६ गते फ्याकल्टी बोर्डको बैठक बोलाएको छ ।

तर, डा. केसीले भने काठमाडौं उत्पत्यकामा नयाँ मेडिकल कलेल नखोल्ने सहमति भएको भन्दै त्यस अनुसार सम्बन्धन, विस्तार कार्यक्रम वा प्रतिष्ठानको वहानामा नयाँ शिक्षण संस्था खोल्न नपाइने बताएका छन् । डा. केसीले डिनलाई लेखेको चिठ्ठीमा भनिएको छ, ‘यो परिप्रेक्ष्यमा कानुनअनुसार निर्णय गर्नु भन्ने एउटा सर्वोच्च अदालतको फैसलालाई वहाना बनाई काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन र दिलाउन भइरहेका चलखेल र दौडधुप खेदपूर्ण र आपत्तिजनक छ ।’

डा. केसीले फ्याकल्टी बोर्डको आगामी बैठकबाट निर्णय गर्दा विगतको निर्णय, माथेमा कार्यदलको सुझाव र राज्यले आफूसँग गरेको सम्झौतालाई ध्यान दिन आग्रह गरेका छन् ।

अन्यथा कडा प्रतिवाद गर्ने भन्दै डा. केसीले चिठ्ठीमा भनेका छन्, ‘कोही कसैको निहित स्वार्थका लागि त्यस्तो प्रयासका लागि अग्रसर भएमा त्यस्तो दुष्प्रयासलाई असफल बनाउन यसअघि विभिन्न चरणमा झै नेपाली जनताको साथ र सहयोग लिई हदैसम्मको कदम चाल्न तयार रहेको यो पत्रमार्फत जानकारी गराउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment