Comments Add Comment

मलेसियामा हराएको १५ वर्षपछि फेसबुकमा देखिए सूर्य

खोजी गरिदिन परिवारको अपील

suraya-kc-malesiaमलेसिया । विदेश गएर १५ वर्षसम्म हराएको आफन्त एक्कसी फेसबुकमा देखिँदा कस्तो लाग्ला ? पक्कैपनि त्यो परिवारसँग खुसीको सीमा रहँदैन । म्याग्दीको एक परिवारले यस्तै नियती भोगेको छ ।

लामो समयदेखि सम्पर्कविहीन भएका म्याग्दीका सूर्य केसी एक्कासी फेसबुकमा देखिएका छन् । तर, उनको अवस्था नाजुक देखिएकाले सूर्य खोजी  गरेर नेपाल फिर्ता गरिदिन परिवारले अनुरोध गरेको छ ।

रोजगारीको लागि १५ वर्ष अगाडि मलेसिया आएका अर्मन गाविस वडा नं ८ धारा म्याग्दीका केसी अझै परिवारको सम्पर्कमा छैनन् ।

परिवारले आशा नै मारिसकेको भएपनि उनको बारेमा अगष्ट १९ तारिकमा एक नेपाली सेक्युरिटी गार्डले केसीसँगै फेाटो खिचाएर फेसबुकमा राखेपछि परिवारमा आशा पलाएको छ ।

केसी पुडु भन्ने ठाउँमा भेटिएका थिए, त्यसपछि कता हराए भन्ने थाहा भएको छैन । केसी २०५८ को फागुन महिनामा मलेसिया गएको घरपरिवारले बताएको छ ।

आफन्तहरुले खोजी गरिदिन नेपाली दूतावास तथा विभिन्न संघसंस्थामा समेत जानकारी गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment