+
+

उपचार नपाएर अब कसैले पनि मर्नु पर्दैन: स्वास्थ्यमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २५ गते १५:४१

Gagan Thapa (3)

२५ भदौ, भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले आर्थिक अभावका कारण उपचार नपाएर अब कसैले पनि मर्नु नपर्ने दाबी गरेका छन् ।

शिक्षण अस्पतालमा उपचार गर्ने रकमको अभाव भएका मिर्गौला पीडितले झ्यालबाट हाम फालेर आत्महत्या गरेको सन्दर्भ कोट्याउँदै मन्त्री थापाले भने, आर्थिक सङ्कटकै कारण कोही पनि नेपालीले उपचार नपाएर मर्नुपर्ने अवस्थाको अब अन्त्य हुनुपर्छ, म त्यसका लागि लाग्छु ।’

ठूला र विशिष्टका नाममा राज्यले उपचारका लागि दिँदै आएको अनुदान अब रोक्नुपर्ने औँल्याउँदै उनले अन्यथा आमनागरिकलाई पनि दिनुपर्ने बताए ।

भक्तपुरको थिमिमा नेपाल स्वास्थ्यकर्मी सङ्घले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता समेत रहेका थापाले भने, नेपालकै अस्पतालले उच्चस्तरीय सेवा दिन सक्षम छन्, नेपालमै सबैले उपचार गराउनुपर्छ, यही उत्कृष्ट चिकित्सकहरु छन्, उनीहरुलाई विश्वास गर्नुपर्छ ।’

उपचारका लागि राज्यको ढुकुटीबाट अनुदान लिएर बिदेसिने परम्परालाई रोक्नै पर्ने भन्दै उनले भने, मैले मेरो परिवारको उपचार गराउन विदेश जाने र राज्यको अनुदान लिने प्रयास गरिन्न, अब ठूलाले पनि नेपालमै उपचार गराउनुपर्छ ।’

आगामी दुई/तीन महिनाभित्रै स्वास्थ्य बिमालाई कानुनको रुपमा पारित गर्न आफू लाग्ने बताउँदै मन्त्री थापाले खटाएका ठाउँमा नजाने चिकित्सक तथा कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने बताए ।

मन्त्री थापाले स्थानीय निकायको निर्वाचन कुनै पनि बहानामा नरोकिने बताउँदै निर्वाचनको तयारीमा लाग्न काँग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?