Comments Add Comment

दुई प्रतिशत व्याजमा राष्ट्र बैंकले पाँच अर्ब निक्षेप माग्यो

Nrb-810

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट आइतबार ५ अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले बोलकबोलमार्फत् निक्षेप उठाउने भएको हो ।

राष्ट्र बैंकले आइतबार उठाएको निक्षेप १४ दिनपछि अर्थात् असोज ९ गते फिर्ता गर्नेछ । उक्त निक्षेपमा २.००४८ प्रतिशत व्याजदर दिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले महिना दिन अघिदेखि व्याजदर करिडोर कार्यान्वयन गरेपछि व्याजदर तोक्न थालेको हो । त्यसअघि बैंक तथा वित्तीय संस्थाहरुको गरेको गोप्य शिलबन्दीका आधारमा व्याजदर तोकिन्थ्यो ।

राष्ट्र बैंकले निष्काशन गरेको निक्षेप बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागि हुन पाउनेछन् । मागभन्दा बढी आवेदन परेमा दामासाहीका आधारमा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले दिउसो ३ बजेसम्म बोल कबोल गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment