+
+

धेरै कपास टिप्नेलाई टिभी देखि कारसम्म, नटिप्नेलाई जेल हाल्ने सरकारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २८ गते ११:०१

cotton pickersकिसानलाई धेरै भन्दा धेरै उत्पादन गर्न तथा फसल भित्राउन प्रोत्साहित गर्ने सरकारी योजना पनि रोचक खालकै हुँदा रहेछन् ।

उज्वेकिस्तानमा सरकारले सबैभन्दा बढि कपास टिप्ने किसानलाई टेलिभिजन र वासिंग मेसिन पुरस्कार दिने  घोषणा गरेको छ ।

सिर्डार्योस्थित गभर्नर कार्यालयले गरेको घोषणा अनुसार पाँच टन कपास टिप्ने परिवारलाई सरकारले एउटा टेलिभिजन पुरस्कार दिनेछ । जबकी १० टन कपास टिप्नेलाई चाहीँ वासिंग मेसिन वा फ्रिज पुरस्कार दिइनेछ ।

१५ टन कपास टिप्ने परिवारले चाहीँ लामो लाइनमा नाम दर्ता नगराइकन अर्थात् तत्कालै आफुले चाहेको  कार खरीद गर्न पाउनेछ । स्मरण रहोस् उज्वेकिस्तानमा कार किन्नु फलामको च्युरा चपाउनु सरह हो । त्यहाँ स्वदेशी चेभ्रोलेट मोडेलको कार खरीद गर्न मेले कम्तीमा ६ महिनाअघि नाम लेखाउनु पर्छ भने ८५ प्रतिशत सम्म रकम डिपोजिट गर्नुपर्छ ।

कार्यालयका अनुसार यी जिन्सी उपहारका साथै सबै कपास टिप्ने किसानलाई नगद पुरस्कार पनि दिइनेछ ।

उज्वेकिस्तानका अन्तरिम राष्ट्रपति शाभ्कात मिर्जियोभले लक्ष्य अनुसारको कपास नटिप्ने जनतालाई जेलमा हाल्ने चेतावनी सम्म दिएका छन् ।

कपास टिप्ने काममा केवल किसान मात्र होइन डाक्टर, शिक्षक तथा अन्य सरकारी कर्मचारी पनि सहभागी हुन्छन् ।

गत वर्ष सरकारले कपास टिप्ने मुख्य मौसममा कपास टिप्नका लागि संगीतकार, फिल्मकर्मी लगायतलाई समेत दबाब दिएको थियो र सरकारी आदेश नमानेमा कालोसूचिमा राख्ने धम्की दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?