+
+

मोदीको सफाई अभियानमा अक्षयले यसरी साथ दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २८ गते १०:५६

akshya and bhumi
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानलाई नायक अक्षय कुमारले सघाउने भएका छन् । उनले सघाउन लागेको मोदीको अभियानमा सहभागी भएर भने होइन ।

नीरज पाण्डेको निर्देशनमा बन्न लागेको चलचित्र ‘ट्वाइलेटः एक प्रेमकथा’मा अभिनय गरेर मोदीको अभियानलाई सघाउन लागेका हुन् ।

यस चलचित्रमा ‘दम लगा के हइस’की नायिका भुमी पेडनेकर अक्षयको जोडी बनेर देखिने भएकी छिन् । यसअघि अक्षयले नीरजसँग ‘स्पेशल २६ र बेबी’मा सँगै काम गरेका थिए । दुबै चलचित्र ब्यबसायिक रुपमा सफल भएको थियो ।

चलचित्र मोदीको स्वच्छ भारत अभियानसँग सम्बन्धित हुने भन्दै निर्देशक पाण्डेले अक्षय र भुमिको टिमअप मौलिक हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?