+
+

‘बडे मियाँ छोटे मियाँ’ ट्रेलर : भारत-पाक दुश्मनीको कथामा भरमार एक्सन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १६:३८

काठमाडौं । अक्षय कुमार र टाइगर श्राफ अभिनित एक्सनप्रधान फिल्म ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको कथा पनि भारत र पाकिस्तानबीचको दुश्मनीमा आधारित छ ।

ट्रेलर हेर्दा हामीले पठान, टाइगर ३ र योद्धाजस्ता फिल्मको दृश्य सम्झिन सक्छौं । ३ मिनेट ३१ सेकेण्ड लामो ट्रेलरमा भरमार एक्सन दृश्य समावेश छ । ‘सलार’ फेम्ड पृथ्वीराज सुकुमारन खलपात्रको भूमिकामा छन् ।

हिन्दी फिल्ममा दर्शकले हेर्दै आएको मसला यसमा छ । ट्रेलरको सुरुवात एउटा संवादबाट हुन्छ । त्यो संवादमा पात्र भन्छ- सबैभन्दा खतरनाक शत्रु त्यो हो जसलाई मृत्युको कुनै डर छैन । शत्रु जसको कुनै नाम छैन, पहिचान छैन र अनुहार छैन, जसको एउटै लक्ष्य छ– बदला ।’

फिल्ममा अक्षय-टाइगर र पृथ्वीराजसहित मानुषी छिल्लर, अलाया एफ, सोनाक्षी सिन्हा र रोनित रोय पनि छन् । यसअघि यो फिल्म डिसेम्बर २०२३ मा रिलिज हुने तयारीमा थियो । अब यो इदको अवसरमा अप्रिल १० मा हलमा रिलिज हुँदैछ ।

राकेश (टाइगर) र फिरोज (अक्षय)लाई यो मनोरोगी खलनायकबाट देश बचाउने र हतियार फिर्ता ल्याउने मिसनमा लगाइन्छ । दुवैजना पात्र सैनिक पृष्ठभूमिबाट आएका हुन् र उनीहरुलाई यो लक्ष्यमा पाम (अलाय) र क्याप्टेन मिशा (मानुषी)ले मद्दत गर्छन् र यस ट्रेलरमा सोनाक्षी सिन्हाको पनि झलक छ । तर उनको चरित्रको बारेमा धेरै जानकारी दिइएको छैन ।

यो एक्सनप्रधान ट्रेलरको अन्त्यमा अक्षय र टाइगर एकअर्कासँग लडिरहेका पनि देखिएका छन् । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । उनले ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ जस्ता फिल्म निर्देशन गरेका छन् । निर्माता ज्याकी भगनानी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?