+
+

भक्तपुरमा भूकम्प प्रतिरोधी भवन बनाउने तालिम सम्पन्न

रासस रासस
२०७३ भदौ ३१ गते १२:४८

३१ भदौ, भक्तपुर । भूकम्पपछि पुनःनिर्माणको काम धमाधम हुन थालेपछि अब बन्ने घरलाई भूकम्पीय जोखिमबाट मुक्त गराउने उद्देश्यले गाउँ-गाउँमा सञ्चालन गरिएको भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी निःशुल्क दुई महिने तालिम सम्पन्न भएको छ ।

Building-Houseनेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले जिल्लाको नगरकोट नगरपालिकामा १० वटा वडाका डकर्मी, चाँगुनारायण नगरपालिकाका आठवटा वडाका डकर्मी र अनन्तलिङ्गेश्वर नगरपालिकामा दुईवटा वडाका गरी २३७ जना डकर्मीलाई तीन–तीन चरणमा तालिम दिएर सक्षम बनाइएको शाखाका सभापति मनोज थापाले जानकारी दिए ।

तालिम सञ्चालन गर्नका लागि भक्तपुरमा मात्र १३ लाख २७ हजार २०० रूपैयाँ खर्च गरिएको उनले जानकारी दिए । थापाले भने, ‘भूकम्प फेरि पनि नआउला भन्न सकिन्न, अब बन्ने घर तथा भवन भूकम्प प्रतिरोधी हुनु जरुरी छ, त्यसैले रेडक्रसले भूकम्पबाट अति प्रभावित १४ वटै जिल्ला र लमजुङ तथा तनहुँमा गरी १६ वटा जिल्लाका डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम सञ्चालन गरेको हो, त्योअन्तर्गत भक्तपुरका तीनवटा नगरपालिकाको तालिम सम्पन्न भएको छ ।’

सहरी विकास तथा भवन निर्माण विभागले निर्धारण गरेको पाठ्यक्रमका आधारमा डकर्मीको सीप वृद्धि गरेर भूकम्प प्रतिरोधी घर बनाउन सक्ने बनाइएको सभापति थापाले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?