+
+
Shares

अजित मिजार हत्याकाण्डबारे संसदीय समितिः पैसा खाएर गलत पोष्टमार्टम रिपोर्ट बन्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ३१ गते १८:५३

Ajit-Mijar-Dhakal-3

३१ भदौ, काठमाडौं । प्रहरीले हत्याका घटनामा आर्थिक प्रलोभनमा परेर पोष्टमार्टमको गलत रिपोर्ट बनाउने गरेको संसदीय समितिको अनुसन्धानबाट खुलेको छ ।

व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समिति अन्र्तगतको उपसमितिले काभ्रेको पाँचखालका अजित मिजारको रहस्यमय मृत्युका सम्बन्धमा अध्ययनका क्रममा आर्थिक प्रलोभनमा परेर प्रहरीले पोष्टमार्टमको गलत रिपोर्ट बनाउने गरेको खुलेको हो ।

काभ्रेको ज्याम्दीकी पराजुली थरकी १७ वर्षीया युवतीसँग प्रेम विवाह गरेका पाँचखालका १८ बर्षीय अजित गत असार २९ गते घरबाट हराएकामा असार ३० गते धादिङको गजुरी खोलामा उनको शव फेला परेको थियो ।

उपसमितिकी संयोजक कमला दोङले समितिको शुक्रबारको बैठकमा गजुरी प्रहरी र गजुरी स्वास्थ्य चौकीले युवतीको परिवारको प्रलोभनमा परेर शव नै नचिरी अजितले आत्महत्या गरेको भनेर पोष्टमार्टमको झुटो रिपोर्ट बनाएको प्रमाण फेला परेको बताइन् ।

उपसमितिका सदस्यहरुले अजितको हत्याका सम्बन्धमा छानविनका क्रममा धादिङ र काभ्रेका प्रहरीले असहयोग गरेको समेत बताएका छन् ।

उपसमितिका सदस्य खड्गबहादुर बस्यालले प्राप्त प्रमाणहरुबाट अजितको हत्या भएको देखिएको र यस सम्बन्धमा काभ्रेको पाँचखालका प्रहरीसँग केरकार गर्दा पुलिसका असइ जवाफ दिन नसकेर असिनपसिन भइ कामेको बताए ।

अजित मिजारले पराजुली थरकी १७ वर्षीया युवतीसँग प्रेम विवाह गरेकामा युवतीको परिवारको आग्रहमा पाँचखाल प्रहरी चौकीका असइले विवाह गर्न उमेर नपुगेको भन्दै युवतीलाई पोते फुकाल्न लगाइ अजितबाट छुटाएको समेत उपसमितिका सदस्यहरुले बताएका छन् । पाँच सदस्यीय उपसमितिले प्रतिवेदन भने तयार पार्न बाँकी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?