+
+

आर्थिक वृद्धिदर ४.८ प्रतिशतमा पुग्ने एडिबीको प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ३१ गते १९:२९

adb-asian-development-bank
३१ भदौ, काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीको नेपाल कार्यालयले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरेर चालु आर्थिक वर्ष ४ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

सेवा क्षेत्रमा ३, उद्योग क्षेत्रमा १ र कृषि क्षेत्रमा ०.७ प्रतिशत वृद्धि हुने एडिबीको प्रक्षेपण छ । भूकम्प र भारतीय नाकाबन्दीको प्रभावस्वरुप गत आर्थिक वर्ष वृद्धिदर ०.८ प्रतिशतमा सीमित भएको थियो । सरकारले बजेटमार्फत चालु आर्थिक वर्ष ६ दशमवल ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ ।

एडिबीका नेपाल निर्देशक केनिची योकोयामाले ९५ प्रतिशत खेतमा रोपाईं हुनु र अन्य कारण चालु आर्थिक वर्ष आशावादी हुने अवस्था रहेको बताए । यद्यपि, पुनर्निमाण र पुर्नस्थापनाको काममा रहेको सुस्तता र बजेट कार्यान्वयनको गति मन्द रहिरहे तथा विप्रेषण आप्रवाहमा कमी आए त्यसले सेवा क्षेत्रको मागमा कमी आइ प्रक्षेपण गरेअनुसारको वृद्धि हासिल नहुने एडिबीको भनाइ छ ।

एडिबीले मूल्यवृद्धि ८ दशमलव ५ प्रतिशतभन्दा बढी नहुने प्रक्षेपण पनि सार्वजनिक गरेको छ । एडिबीका नेपाल निर्देशक योकोयामाले राम्रो कृषि उत्पादन, भारतमा नियन्त्रित मुद्रास्फीति, अन्र्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घट्नु लगायतका कारण वस्तु तथा सेवाको मूल्यमा कमी आउने सम्भावना रहेको बताए । सजावट सामाग्री र घरयासी उपकरणको मूल्य भने बढ्न सक्ने एडिबीको प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?