+
+

दशैंको टिकट बुकिङ असोज ७ गतेदेखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २ गते १८:००
फाइल तस्वीर
फाइल तस्वीर

२ असोज, काठमाडौं । काठमाडौं बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ यहि असोज ७ गतेदेखि खुल्ने भएको छ ।

आइतबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकाय र संघसंस्थाबीच भएको बैठकले असोज ७ गतेदेखि बुकिङ खोल्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

अब असोज ७ गतेदेखि काठमाडौंका नयाँ बसपार्क, गौशाला, कलंकी, कोटेश्वर लगायतका स्थानमा अग्रिम टिकटको बुकिङ सुरु हुनेछ ।

टिकट बुकिङका लागि सरकारले पूर्वतयारी सोमबारदेखि नै सुरु गर्ने योजना बनाएको छ ।

काठमाडौंबाट बाहिरिने लाखौं यात्रुलाई सुविधा दिन असोज १ गतेदेखि नै बुकिङ खोल्ने तयारी भएपनि यातायात व्यावसायीहरूले विभिन्न शर्तहरु राखेर असहमति जनाएका थिए ।

सरकारले उनीहरुको शर्तलाई स्वीकार गर्दै ७ गतेदेखि बुकिङ खोल्न व्यवसायीलाई सहमत गराएको हो ।

यो पनि पढ्नुस् 

एसी डिलक्स बसले सामान्यभन्दा ४० प्रतिशत बढी भाडा लिन पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?