+
+

उत्कृष्ट रिटेलरलाई एनसेलले दियो स्कुटरसहित उपहार

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २ गते १९:०६

ncell-prize२ असोज, काठमाडौं । एनसेलले तनहुँको दुलेगौडामा  रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ ।

सिमरन एण्ड शिन्जा इन्टरप्राईजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्य एक हो ।

स्कुटर शनिवार एनसेलले पोखरामा आयोजना गरेको एनसेल मेलाको अवसर पारी कम्पनीको गण्डकी रिजनल टिमले प्रदान गरेको थियो । अन्य विभिन्न विधामा आफुलाई उपहारका लागि योग्य सावित गर्ने रिटेलरहरुलाई पनि एनसेलले एलसिडी टिभी, माईक्रोवेभ ओभन, स्मार्टफोन, सिएफएल ईन्भर्टर र फोर ईन वान पि्रन्टर जस्ता उपहारहरु प्रदान गरिएको थियो ।

एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवातथा सुविधाहरुको प्रवर्द्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानललोयल्टि’ योजना शुरु गरेको हो ।

रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजनाअन्तर्गत स्कुटर उपहार पाउन योग्य हुने श्रेष्ठ पहिलो रिटेलर हुन् । यसभन्दा अघि मित्रनगर, नयाँबसपार्कमा (काडमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालकदिनेश दुराले यस योजनाअन्र्तगत मोटर साइकल उपहार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?