+
+

६ वर्षको बालक ‘गर्भवती’ !

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ४ गते ९:४३

birth६ वर्षकै उमेरमा र त्यो पनि बालक गर्भवती भएको कुरा दुनियामा कहीँ कसैले नपत्याउने कुरा हो । तर भारतको वाराणसीमा भने एक ६ वर्षीय  बालकको पेटमा भ्रुण फेला परेको छ ।

बालकको पेटभित्र फेला परेको अविकशित भ्रुणलाई डाक्टरहरुले शल्यक्रिया गरी निकालेका छन् । बालकको पेटभित्र भ्रुण पाइएको घटनाप्रति डाक्टरहरु नै अचम्मित छन् ।

झारखण्डको गढवा निवासी रितेश नामका बालकको पेट दुख्ने समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

डाक्टरहरुले बालकको पेटमा ट्युमर रहेको हुनसक्ने अनुमान गरेका थिए । तर जब शल्यक्रिया गरियो तब पेटभित्र कुनै ट्युमर नभै अविकशित भ्रुण रहेको पत्ता लाग्यो । झण्डै २ घण्टाको शल्यक्रियापछि त्यसलाई बाहिर निकालियो ।

डाक्टरहरुका अनुसार विश्वमा हरक ५ लाख जन्ममा एक बच्चामा यस्तो समस्या पाइन सक्छ । भारतमा भने यो अहिलेसम्मको दशौँ घटना भएको बताइएको छ ।

मेडिकल साइन्समा यसलाई ट्युटो थ्योरी भनिन्छ । पाठेघरमा एकसाथ जुम्ल्याहा भ्रुण बन्ने तर एउटा भ्रुण राम्रोसँग विकाश हुन नसक्दा विकशित भ्रुणको सरीरभित्र लपेटिँदा यस्तो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?