Comments Add Comment

हिँड्ने तरिकाबाटै थाहा हुन्छ मान्छेको रिसाहापन

walking_smएक नयाँ अनुसन्धान अनुसार कुनैपनि मानिसको हिँडडुल गर्ने तरिकाले उसको आक्रामकताको पहिचान गर्न सकिन्छ । शोधकर्ताहरुका अनुसार यदि हिँड्ने बेला कुनै मानिसको शरीरको माथिल्लो र तल्लो भाग बढि नै चलायमान हुन्छ भने उसमा आक्रामकता बढि हुन्छ ।

बेलायतको पोर्ट्समाउथ विश्वविद्यालयका शोधकर्ताहरुले २९ जना मानिसहरुमा अध्ययन गरेका थिए । एक शोधकर्ता भन्छन्, जब हामी हिँड्दछौँ तब हाम्रो सरीर चलायमान हुन्छ ।

जब कुनै व्यक्तिले आफ्ना बायाँ खुट्टा अगाडि बढाउँछ तब त्यो सँगै सरीरको बायाँ भाग पनि अगाडि बढेको हुन्छ र बायाँ काँध थोरै पछाडि झुकेको हुन्छ । सोही बेला दायाँ काँध सन्तुलन बनाउनका लागि अगाडि झुक्दछ ।

शोधकर्ताले सहभागीहरुलाई उनीहरुको आक्रामकताको स्तर पत्ता लगाउनका लागि केही प्रश्नहरु सोधिएको फाराम भर्न दिएका थिए । त्यस्तै व्यक्तित्वको विशिष्टता पत्ता लगाउनका लागि बिग फाइभ नामको एक परीक्षण पनि गरियो ।

फाराममा प्राप्त जवाफ तथा परीक्षणका आधारमा शोधकर्ताहरुले मानिसहरुले के सोँच्दछन् , के महसुस गर्दछन् र कस्तो व्यवहार गर्दछन् भन्ने कुरा पत्ता लगाए ।

त्यस्तै मोसन क्याप्चर प्रविधिको सहायताले शोधकर्ताहरुले मानिसको छाति तथा हिपको गति र चाल पत्ता लगाए । आक्रामकताको स्तर, व्यक्तित्वका विशिष्टता तथा हिँडडुल गर्दा हुने छाति र हिपको गति र चालको विश्लेषण गरी शोधकर्ताहरुले हिँडडुलको तरिकाले मानिसको स्वभावको अनुमान गर्न सकिने निष्कर्ष निकालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment