Comments Add Comment

दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्छः प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

एमाले नेता भन्छन्, चित्तबुझ्दो प्रस्ताव आए संशोधनमा विचार गर्छौं

chakrapani-khanal

४ असोज, काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खनालले भने, ‘संशोधन प्रक्रिया अघि बढाउनकै लागि प्रधानमन्त्रीको अमेरिकाको भ्रमण स्थगित भएको हो ।’

संशोधन प्रस्ताव दर्ता गर्नका लागि मात्रै नभएर यसले निकास दिनेगरी अघि बढाउन सरकार गम्भिर रहेकाले केही समय ढिला भएको उनले बताए । उनले अघि थपे, ‘प्रस्ताव अपरिपक्व नहोस् भनेर हामी गम्भिर छौं, दर्ताको लागि मात्रै दर्ता नगरेर हामी संशोधनमार्फत समस्या समाधान होस भन्ने पक्षमा छौं ।’

संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलहरुवीचे सघन वार्ता भइरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालले भारत भ्रमणलाई लिएर पक्ष र विपक्षमा भइरहेको बहस सामान्य भएको टिप्पणी गरे । प्रधानमन्त्रीको भारत भ्रमसागै चिसिएको नेपाल-भारत सम्बन्ध सुधार भएको समेत उनको विश्वास छ ।

कांग्रेसका नेता चन्द्र भण्डारीले प्रमुख राजनीतिक दलहरुको सहमतिविना संविधान संशोधन हुनै नसक्ने बताए ।

भण्डारीले प्रदेशको सिमांकन त्यहााको जनतालाई नै सोधेर गर्नुपर्ने धारणा राखेका छन् । उनले भने,’झापाका जनता कहाा बस्छन्, वा ईलामका जनता कहाा बस्छन् भन्ने कुरा त्यहीाका जनतालाई निर्णय गर्न दिनुपर्छ, कसैले निर्णय गर्ने कुरा होइन् ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवराले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशको सम्वन्धमा आएको चिसोपना हटाउनसफल भएको बताए ।

चित्तबुझ्दो प्रस्ताव आए संशोधनमा विचार गर्छौं

कार्यक्रममा एमाले नेता सत्यनारायण मण्डलले राष्ट्रिय राजनीतिमा एमालेलाई एक्ल्याउने काम भएको टिप्पणी गरे ।

उनले सत्तापक्षले संविधान संशोधनबारे चित्तबुझ्दो प्रस्ताव ल्याए एमालेले विचार गर्ने स्पष्ट पारे । मण्डलले थपे, ‘हाम्रो पार्टी राष्ट्र र जनताको हितमा छ, त्यसबाट दायााबायाा हुादैन ।’

उनले मधेसी मोर्चाले भनेजसरी नागरिकताको प्रावधानमा संशोधन हुनै नसक्ने अडान लिए । त्यस्तै जनसंख्याको नाममा भूगोललाई समाप्त पार्ने काम आफ्नो पार्टीले कुनै हालतमा गर्न नदिने समेत उनको जिकिर थियो ।

५२ वटा धारा उपधारामा संशोधन गर्नुपर्छ

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका उपनेता लालबाबु राउतले सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउन नसकेको गुनासो पोखे ।

सरकार गठनको पूर्वसन्ध्यामा मोर्चा र कााग्रेस-एमाले गठबन्धनवीच भएको तीनबुादे सहमतिको स्पिरिट अनुसार संविधान संशोधन प्रक्रिया अघि नबढेको उनको आरोप छ ।

राउतले संविधानमा ५२ वटा धारा उपधाराहरु बाझिएको भन्दै प्रदेशको सिमांकन, लैगिंक विभेदको अन्त्य, नागरिकता, भाषिक समस्या, समावेशी समानुपातिक, राष्ट्रिय सभा, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, न्यायपालिका, आयोग गठन लगायतका प्रवाधाहरुमा संशोधन गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीको भारत भ्रमण अहिले नै सफल वा असफल भनेर मुल्यांकन गर्न नसकिने भन्दै त्यसको समिक्षा आगामी दिनमा सरकारको गतिविधिबाट थाहा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment