Comments Add Comment

भूकम्पपीडितको राहत दुरुपयोग गर्नेलाई कारबाही गर्न माग

Buddist-manch

४ असोज, कामाडौं । बुद्धिष्ट जनअधिका मञ्च नेपालका पदाधिकारीले आफ्नै संस्थाका पूर्व पदाधिकारीलाई भूकम्पपीडितको पैसा हिनामिना गरेको आरोप लगाउँदै कारबाहीका लागि सरकारसँग अपील गरेको छ ।

मञ्चका तत्कालिन अध्यक्ष सकुन शेरचन र महासचिव डाक्टर अमरकान्त चौधरीले भूकम्पपीडितका लागि आएको रकम हिनामिना गरेकाले उनीहरुसँग रकम फिर्ता लिइ भूकम्पपीडितलाई वितरण गर्न बर्तमान कार्यसमितिले माग गरेको हो ।

मंगलबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी बर्तमान कार्यसमितिका पदाधिकारीले शेरचन र चौधरीले जालसाँजी गरेर संस्था र सदस्यहरूको बद्नाम गरेको आरोप लगाए ।

कार्यक्रममा मञ्चका महासचिव दिपक पुन मगरले पूर्व अध्यक्ष शेरचनले भुकम्पपीडितको नाममा आएको रकम दुरुपयोग गरेको आरोप लगाए ।

भूकम्पपीडितहरुका लागि मञ्चको नाममा अमेरिका, भारत, अमेसिया लगायतका मुलुकबाट आएको १ करोड ६७ लाख ७८ हजार पाँच सय रुपैयाँ जालसाजी गरी हिनामिना गरेको मञ्चले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

मञ्चद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जालसाजी ठगी कागजातमा संसद एवम् निवर्तमान वातावरण मन्त्री विश्वेन्द्र पासवनको समेत हस्ताक्षर रहेको र उक्त गिरोहमा उनको उपस्थिति र संलग्नता भएको तथ्यमा हाम्रो संस्थाले गहिरो चिन्ता व्यक्त गर्दछ, मुलुकको महत्वपूर्ण निकाय व्यवस्थापिका संसदमा समावेश व्यक्ति यस्ता ठगीको गिरोहसँग जोडिएको देख्दा हामी अचम्मित भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment