Comments Add Comment

पूर्वमन्त्री दिलबहादुर श्रेष्ठको निधन

काठमाडौं । पूर्वमन्त्री एवं राजनीतिक दिलबहादुर श्रेष्ठको ९१ बर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार निधन भएको हो ।

dil-bahadur-shresthaतत्कालिन राजा महेन्द्रको निकट रहेर काम गरेका श्रेष्ठ राष्ट्रिय पञ्चायत सदस्य हुँदै स्वास्थ्य र गृहमन्त्रीसमेत भएका थिए ।

बि.स. २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विशेश्वरप्रसाद कोइरालासँग झिनो मतले पराजित भएपछि उनी राष्ट्रिय राजनीतिमा उदाएका थिए ।

२०१७ सालमा पञ्चायती ब्यबस्था सुरु भएसँगै उनी राजनीतिको केन्द्रभागमा देखिएका थिए ।

लामो समयसम्म राष्ट्रिय पञ्चायत सदस्य रहेका उनी महेन्द्रले सुरु गरेको गाउँ फर्क राष्ट्रिय अभियानका केन्द्रीय सदस्य समेत थिए ।

उनको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment