Comments Add Comment

नेपालसँगको सम्बन्धलाई उच्च महत्वः चिनियाँ नेता

५ असोज, काठमाडौ । चीनको स्वशासित क्षेत्र तिव्वतस्थित नेपाली महावाणिज्यदूत गोविन्द कार्कीले तिव्वतका कम्युनिष्ट पार्टीका महासचिव वु यिङजेईसँग मंगलबार भेटवार्ता गरेका छन् ।

China-Flagल्हासास्थित वाणिज्यदूत पुरुषेत्तम ढुंगेलका अनुसार उक्त भेटमा महासविच बुले चीन  केन्द्र सरकार र तिव्वतले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका थिए ।

‘संविधान जारी हुनु नेपालका लागि ठूलो उपलव्धि हो,’ नेता चुले भेटमा भने । संविधान जारी भएपछि नेपालमा नयाँ राष्ट्रपति निर्वाचित भएको खुसी व्यक्त गर्दै नेता चुले प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा नेपाल र चीनबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको अाजको अन्नपूर्णमा समाचार छ ।

‘आगामी दिनमा पनि नेपाल चीन सम्बन्ध अझै प्रगाढ हुने विश्वास लिएको छु ‘उनले भने । भेटमा महावाणिज्यष्दूत कार्कीले नेता बुलाई तिव्वतस्थित कम्युनिष्ट पार्टीको महासचिव नियुक्त भएकोमा बधाई दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment