+
+

बहुलाहा कुकुरको टोकाइबाट दुईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ५ गते ७:३४

५ असोज, रोल्पा। सिर्प गाविसमा बहुलाहा कुकुरको टोकाइबाट दुई जनाको मृत्यु भएको छ ।

dog-bitesमृत्यु हुनेमा सिर्प–५ सीमेगिठाका ६५ वर्षीय करे पुनमगर र ५३ वर्षीय हिराबहादुर पुनमगर रहेका छन् । करेको आज घरमै मृत्यु भएको हो । उनलाई बहुलाहा कुकुरले टोकेको थियो ।

त्यस्तै बहुलाहा कुकुरले टोक्दा घाइते भएका हिराको उपचारका लागि बुटवल लैजाँदै गर्दा यही असोज २ गते मृत्यु भएको हो ।

स्थानीय नेमबहादुर खड्का अनुसार बहुलाएको कुकुरले एकै दिन छ महिलासहित ११ पुरुष र छवटा चौपायलाई टोकेको थियो । बहुलाहा कुकुरले टोकेपछि घाइते केहीले सुलिचौरस्थित नेसनल मेडिकलमा रेविजविरुद्धको भ्याक्सिन लगाएका थिए ।

स्थानीयले गाउँका ४५ वटा कुकुर मारेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका सिनियर अहेव मोटिम आलमका अनुसार घाइतेलाई ‘रि–भ्याक्सिन’का लागि बुधबार स्वास्थ्य केन्द्र बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?