Comments Add Comment

बुण्डेसलिगामा बार्यनको विजययात्रा जारी

Baryen_ribery_goal

जर्मन बुण्डेसलिगामा साविक बिजेता बार्यन म्युनिखले शतप्रतिशत जितको शृङखला जारी राख्दै पुनः लिगको शीर्ष स्थानमा फर्किएको छ ।

लिगको तेस्रो स्थानमा रहेको हेर्था बर्लिनबिरुद्द ३-० को सहज जित हासिल गर्दै बार्यनले चार खेलबाट १२ अंक जोडेको छ ।

खेलको १६औं मिनेटमा नै फ्र्याङ्क रिवेरीले हेर्थाका दुई डिफेण्डरलाई छक्याउँदै गरेको उत्कृष्ट गोलबाट बार्यनले अग्रता लिएको थियो ।

भ्रमणकारी टोलीको डिफेन्सिभ कमजोरीको फाइदा उठाउँदै थियागो आल्कान्ताराले बार्यनको अग्रता दोब्बर बनाए । त्यसको केहि मिनेट नवित्दै आर्जेन रोविनले बार्यनलाई तीन शून्यको जित सुनिश्चित गराए ।

लामो इन्ज्यूरीपछि बार्यनका लागि पहिलो पटक मैदानमा फर्किएका रोविनले पहिलो खेलमै गोल गरेर लयमै रहेको संकेत दिएका छन् । यो बार्यनका लागि सुखद पक्ष हो ।

सिजको सुरुवाती तीन खेलमा जित हासिल गरेर सनसनी मच्चाएको हेर्थाले बार्यनसँग भने घुँटा टेक्न बाध्य भयो । जित हासिल गर्दै बार्यनले बोरुसिया डर्टमुण्डबाट शीर्ष स्थान पुनः फिर्ता लिएको छ । मंगलबार रातिको खेलमा उल्फवर्गलाई ५-१ले हराउँदै डर्टमुण्ड शीर्ष स्थानमा उक्लिएको थियो ।

यता शाल्के फोेरलाई ३-१ ले हराउँदै कोल्न एफसी बुण्डेसलिगाको दोस्रो स्थानमा पुगेको छ । डर्टमुण्ड तेस्रो र हेर्था चौथो स्थानमा झरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment