+
+

हुलाकीको तलव २५ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ६ गते १६:३७

Post-Man-Hulaki६ असोज, काठमाडौं । सरकारले हुलाकी (हल्कारा)हरुको तलवमा २५ प्रतिशतले बृद्धि गरेको छ । बृद्धि भएको तलव साउन महिनादेखि नै लागू हुने छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले न्युन तलव भएका हुलाकका कर्मचारी (हुलाकी)को तलव निजामती कर्मचारी सरह २५ प्रतिशत तलब वृद्धिको निर्णय गरेको हो ।

सरकारले नयाँ आर्थिक वर्षको बजेटमा निजामती कर्मचारीको तलव २५ प्रतिशत बढाएको थियो तर, यो हुलाकीहरुको हकमा भने लागू भएको थिएन ।

यसअघि ४८ सय तलब बुझ्दै आएका हुलाकीहरु अब भने ६ हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?