+
+

मध्यरातमा महिलाहरुको ग्याङफाइट ! ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ६ गते २२:४०

६ असोज, ललितपुर । ललितपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु ग्याङफाइट गरेको आरोपमा पक्राउ परेका हुन् ।

GangFiteललितपुरको बालकुमारीस्थित गुडविल रेष्टुरेन्ट एवं डान्सबारमा मादक पदार्थ सेवन गरी एकआपसमा ग्याङफाइट गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बौद्ध बस्ने मकवानपुर हेटौंडा-२९ बस्तीपुरकी २१ वर्षीया रेस्मा थोकर, इमाडोल बस्ने सिन्धुपाल्चोक मेलम्ची-२ पिपलचोककी १८ वर्षीया श्रीया तामाङ, स्वयम्भुकी १८ वर्षीया स्वफिया तामाङ, कपन बस्ने चितवन भरतपुर-५ शारदानगरकी सन्जु गुरुङ, जडीबुटी बस्ने चितवन देवघाट-२ क्षेत्रीटोलकी १९ वर्षीया लक्ष्मी क्षेत्री र कपन बस्ने कैलाली अत्तरीया गाबिस-४ चौराहाकी २५ वर्षीया अनु गुरुङ रहेका छन् ।

उनीहरुमाथि सार्वजनिक मुद्दामा अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?