Comments Add Comment

गुट अन्त्यको साँचो देउवासँग, सिटौला धोकेबाजः रामचन्द्र पौडेल

ramchandra paudel

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीमा परम्परागत रुपमा रहेका गुटहरुको अन्त्य गर्ने साँचो पार्टी सभापति शेरबहादुर देउवाको हातमा रहेको बताएका छन् । देउवाले चाह गुट अन्त्य हुने उनको दाबी छ ।

वरिष्ठ पत्रकार हरिहर विरहीले लेखेको ‘आगो निभेको छैन’ नामक पुस्तक बिहीबार काठमाडौंमा लोकार्पणका क्रममा पौडेलले कांग्रेस नेता पौडेलले आफु गुटको अन्त्य गरी पार्टी एकतालाई मजबुत पार्न सधैं तत्पर रहेको बताए ।

सभापति देउवाले साँचोको सही प्रयोग गरे बीचमा खेल्नेहरु पाखा लागेर जाने उनले बताए । उनले कांग्रेसमा तेस्रो धार स्थापित गर्ने प्रयासमा रहेका नेता कृष्णप्रसाद सिटौलामाथि वागी, विद्रोही र धोकेबाजको आरोप लगाए ।

पौडेलले त्यस्तो आरोप लगाउँदा मञ्चमै रहेका सिटौला मुसुमुसु हाँसिरहे । पौडेलले भने आफूले बागी र धोकेवाजलाई कहिल्यै प्राथमिकता नदिने भन्दै देउवाले आफूलाई समेटेर अगाडि बढे सिटौलाको गुट आफैं समाप्त भएर जाने दाबी गरे ।

पार्टी सभापति देउवाले पार्टीका दुई भातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको निर्वाचनमा सिटौलासँग मिलेर प्यानल खडा गरेकोप्रति संकेत गर्दै सिटौलालाई महत्व नदिन आग्रह गरे । संस्थापनसँग मिलेर प्यानल खडा गर्दा सिटौला पक्षले महिला संघमा बलियो उपस्थिति जनाएको छ भने पौडेल पक्ष संघबाट बढारिएको छ ।

नेता पौडेलले तीन पटक प्रधानमन्त्री भइसकेका देउवालाई पार्टी सभापतिमा निर्वाचित भएसँगै अब कुनै पद्का लागि पनि आशक्ति देखाउनुपर्ने र त्यसका लागि गुटको सुरक्षा गर्नुपर्ने अवस्था नरहेको भन्दै एउटा पक्षलाई सुरक्षित बनाउँदा अर्को पक्ष थप असुरक्षित हुने र धाँजा नै फाट्ने अवस्था आउन नदिन देउवा सचेत हुनुपर्ने बताए ।

पौडेलले महाधिवेशनमा चुनाव हारे पनि आफूले पार्टी सभापति देउवालाई कुनै किसिमको असहयोग नगरेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment