+
+

वन संरक्षणमा स्थानीयको सहभागिता बढाउन चितवनमा ‘संरक्षण सूचना चौतारी’ स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते ११:४०

suchana-chautari

७ असोज, चितवन । वन पैदावार र वन्यजन्तु संसक्षणमा स्थानीयको सहभागिता बृद्धि गर्न चितवनमा पहिलो पटक ‘संरक्षण सूचना चौतारी’ निर्माण गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र त्यसको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीजंग गणको पहलमा निकुञ्ज मुख्यालय नजिकै माडी प्रवेशद्धारमा ‘संरक्षण सूचना चौतारी’ निर्माण गरिएको हो ।

संरक्षणमा आम जनतालाई वन र वन्यजन्तु संरक्षणमा लागि जनचेतना फैलाउन संरक्षण चौतारी निर्माण गरिएको चितवन निकुञ्जका प्रवक्ता एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

चौतारीमा विभिन्न जानकारीमुलक विषयबस्तुहरु राखिएको र कुनै वन्यजन्तु तथा वन सम्वन्धी बृत्तचित्र समेत राखिएको छ । जहाँ सर्वसाधरणले सहज रुपमा संरक्षणप्रति अग्रसर बन्ने श्रीजंग गण कसराका गणपति प्रमुख सेनानी माधव थापाले बताए ।

चौतारीमा आएका सर्वसाधारण नागरिक तथा संरक्षणकर्मीहरुका लागि अध्ययन गर्न पर्चा, पम्प्लेट, विभिन्न विषयका पुस्तक, महत्वपूर्ण जानकारी तथा सूचनाहरु लिन सकिन उनले बताए । संरक्षणमा स्थानीयको सहभागिताका लागि संरक्षण चौतारी बनाइएको उनले बताए ।

निकुञ्जले वन संरक्षण जनसहभागिताविना संभव नभएको निष्कर्ष निकाल्दै स्थानीय तथा मध्यवर्ती उपभोक्ताहरुसँग मिलेर काम गर्दै आएको छ । जसका कारण अहिले चोरी शिकारका घटनामा न्युनीकरण भएको निकुञ्जको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?