+
+

पाकिस्तानी कलाकारलाई भारत छाड्न चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते १५:४१

ameykhopkar-1

महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकार र अभिनेतालाई भारत छाड्न धम्की दिएको छ ।

एमएनएसको चित्रपट कर्मचारी सेनाका नेता अमीय खोपकरले भने, हामी सबै पाकिस्तानी कलाकार र एक्टरहरुलाई भारत छाड्न ४८ घन्टाको समय दिन्छौं ।’

यदि ४८ घन्टाभित्र भारत नछाड्ने कडा कदम चाल्ने उसले बताएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

एमएनएसका महासचिव शालिनी ठाकरेले भनिन्, यदि ४८ घन्टामा नछाडे एमएनएसले उनीहरुलाई बाहिर फाल्छ । उनीहरु हाम्रो देशमा पैसा कमाएर पाकिस्तानलाई ट्याक्स तिर्छन् र त्यही पैसा प्रयोग गरेर हाम्रा मानिसहरुलाई मार्छन् ।’

पाकिस्तानी कलाकारले भारत नछाडे उनीहरुको सुटिङ रोक्ने र भारतमा फिल्म रिलिज हुन नदिने एमएनएसले बताएको छ । यो राज ठाकरेको पार्टी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?