Comments Add Comment

राष्ट्रिय संरक्षण पुरस्कार कैलालीका ‘गुलेली बाजे’लाई

Samraksan-diwas

७ असोज, काठमाडौं । यस वर्षको राष्ट्रिय संरक्षण पुरस्कार ८१ वर्षीय अभियन्ता भोजराज श्रेष्ठलाई प्रदान गरिएको छ ।

विश्व वन्यजन्तु कोष नेपालले राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर शुक्रबार काठमाडौमा एक समारोहबीच ‘गुलेली बाजे’का नामले परिचित कैलालीका श्रेष्ठलाई राष्ट्रिय संरक्षण पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी २५ हजार रुपैयाँको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई पुरस्कार प्रदान गरिन् । गाउँका किशोर तथा गोठालाहरुलाई चराको शिकार गर्नबाट निरुत्साहित गरी संरक्षणको क्षेत्रमा योगदान पुर्‍याएवापत श्रेष्ठलाई पुरस्कृत गरिएको विश्व वन्यजन्तु कोष नेपालले जनाएको छ ।

विश्व वन्यजन्तु कोषले १८ वर्षदेखि संरक्षणको क्षेत्रमा कार्यरत श्रेष्ठले ३ हजार वटा गुलेली संकलन गरेको बताएको छ । श्रेष्ठ हाल डल्पिmन संरक्षण केन्द्र कैलालीको अध्यक्ष छन् ।

विश्व वन्यजन्तु कोष नेपालले कार्यक्रममा छेवाङ नुरु शेर्पा, किरण गुरुङ, गणेशकुमार थारु, प्रगति ढकाल, नेपाली सेनाको चितवनस्थित श्रीजंग गण लगायतलाई छात्रवृत्ति र संरक्षण पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै संरक्षणका लागि जनसहभागीतामा जोड दिइन् ।

कार्यक्रममा वन तथा भू-संरक्षणमन्त्री शंकर भण्डारी र वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले प्रकृतिको संरक्षणका लागि सरकारले गर्दै आएका प्रयासका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment